धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन : पूँजीबजार सुधारमा ठोस योजना ल्याउनु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन : पूँजीबजार सुधारमा ठोस योजना ल्याउनु


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।

उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्नै गरी अगाडि बढ्न निर्देशन दिएका हुन् ।

अध्यक्ष हमालका अनुसार बजारको सुधारका लागि बोर्डले गरिरहेका कामबारे आफूहरूले मन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए ।

सो क्रममा स्टार्टअप, साना तथा मझौला व्यवसायमा पूँजीबजारबाट पूँजीपरिचालन गरी कसरी आबद्ध गराउन सकिन्छ भन्नेबारे छलफल भएको उनले जानकारी दिए ।

बोर्डसँग थप छलफल गर्ने जानकारी समेत मन्त्रीले गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस