एकीकृत समाजवादीले कांग्रेस र जसपाका उम्मेदवारलाई सघाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादीले कांग्रेस र जसपाका उम्मेदवारलाई सघाउने


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा पार्टीको उम्मेदवार नउठाउने भएको छ ।

एकीकृत समाजवादीले तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाएर तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने भएको हो ।

त्यस्तैगरी, बारा-२ मा भने जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको उनले बताए ।

तनहुँ-१ मा एकीकृत समाजवादी पार्टीको समानुपातिक मत ९५० र चितवन-२ मा समानुपातिक मत ६१६ मात्रै छ । बारा-२ मा भने समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस