‘कोषका पदाधिकारी जता कमिसन उतै लाग्ने रैछन्’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘कोषका पदाधिकारी जता कमिसन उतै लाग्ने रैछन्’


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको कुरा थाहा पाएको बताएका हुन् ।

उनले भने, पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनले सुनाए । ‘विकास कोषका साथीहरू कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त !’

पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको उनको भनाइ छ । त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।

मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए ।

मन्त्री किराँतीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस