मौसम पूर्वानुमान : पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मौसम पूर्वानुमान : पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ ।  जसको प्रभावले गर्दा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ  चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस