आफ्नो भ्रमणलाई सवारी नभनिदिन राष्ट्रपति पौडेलको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आफ्नो भ्रमणलाई सवारी नभनिदिन राष्ट्रपति पौडेलको आग्रह


१२ चैत्र २०७९, आइतबार


गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् ।

आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा सङ्ग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘सवारी शब्दको रूढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रूपमा लिइन्छ । त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौँ । गोरखा आएर मैले राम शाहको न्यायको कुरा पनि सम्झेको छु, बिसे नगर्चीको कर्तव्य बोध पनि सम्झेको छु, मलाई गोरखामा स्वागत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

सवारी शब्दको ठाउँमा आवागमन शब्द प्रयोग गर्न उनले सुझाए । गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएको समेत बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस