बालबालिका र युवाहरूमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालबालिका र युवाहरूमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । छैटौँ एशिया प्रशान्त क्षेत्रीय प्यासेन्जर अफ पसि कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले संसार भरनै बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्न सक्ने बताए। उनले सीमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरूले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताए । उनले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताए ।

सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरूको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरूलाई झनै बढाउँदै लैजानुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस