दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ख ९२९२ नम्बरको ट्रक एकापसमा ठोक्काएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस