आइजिपीमा वसन्त कुँवर नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइजिपीमा वसन्त कुँवर नियुक्त


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।

शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआईजी कुँवरलाई आइजिपी नियुक्त गरेको हो ।

आइजिपीको प्रतिस्पर्धामा रहेका ५ जना एआइजीमध्येबाट सरकारले पहिलो बरीयतामा रहेका कुँवरलाई नियुक्त गरेको हो।

३० वर्षे सेवा अवधि कायमै रहे आइजिपी कुँवरले १ वर्ष नेतृत्व सम्हाल्ने छन् । आइजिपी धिरज प्रताप सिंहले भने आजदेखि नियमित अवकाश लिने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस