सङ्गठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न एआईजीलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सङ्गठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न एआईजीलाई प्रधानमन्त्रीको निर्देशन


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले भेटेका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीले बढुवा भएका एआईजीहरूलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बढुवा भएका सबै अधिकृतहरू सङ्गठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस