महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने दत्तले दिए राजीनामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने दत्तले दिए राजीनामा


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तले राजीनामा दिएका छन् ।

उनले इमेलमार्फत राजीनामा बुझाएका हुन् । भर्चुअल बैठक चलिरहेका बेला डिन दत्तले महिला कर्मचारीमाथि अश्लील व्यवहार गरेको भिडियो बाहिरिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयले उनलाई निलम्बन गरेको थियो ।

दत्तले पदबाट राजीनामा दिएर कारबाहीबाट जोगिन खोजेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस