हामीलाई प्रचण्डमाथि विश्वास छैन : केपी ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हामीलाई प्रचण्डमाथि विश्वास छैन : केपी ओली


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान तोडेको बताएका छन्।

सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले प्रधानमन्त्री बनाए पनि प्रचण्डले इमान छोडेको बताएका हुन्।

उनले भने, ‘यस पटक हामीले वामपन्थीसहितको सरकार बनाउन चाहेका थियौँ। उहाँलाई त्यो सह्य भएन। प्रधानमन्त्री भएपछि इमान छोड्नुभयो। प्रधानमन्त्रीजीको बारेमा यसो भन्नु ठिक होइन। तर, उहाँ इमानमा रहन सक्नुभएन। उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो। राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले वैदेशिक सम्बन्ध अविश्वनीय बनेको बताए। प्रधानमन्त्री प्रचण्डलाई विश्वास भए गठबन्धनका स्वार्थीहरूले भोट दिने बताए।

‘प्रधानमन्त्रीजीमाथि विश्वास छ भने गठबन्धनका स्वार्थीहरूले भोट देलान्। हामीलाई कुनै स्वार्थ छैन। झुक्नु छैन। लतारिनु पनि छैन। उहाँमाथि विश्वास छ भन्ने कुरामा हामी लतारिनुपर्दैन,’ उनले भने, ‘हामीलाई उहाँमाथि विश्वास छैन। तसर्थ हामी उहाँलाई विश्वासको मत दिँदैनौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस