प्रधानमन्त्रीसँग सुरक्षा निकायका प्रमुख बालुवाटारमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीसँग सुरक्षा निकायका प्रमुख बालुवाटारमा


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियुको निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन्।

शनिबार गृह सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रमुख धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतलाई बालुवाटारमा बोलाएर स्ववियु निर्वाचनको सुरक्षाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विद्यार्थी युनियनको निर्वाचन शान्ति पूर्ण वातावरणमा बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस