आफ्नो अभिव्यक्ति तत्काल फिर्ता गर्न सभामुखलाई महासङ्घको चेतावनी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आफ्नो अभिव्यक्ति तत्काल फिर्ता गर्न सभामुखलाई महासङ्घको चेतावनी


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले आफ्नो आधारहीन अभिव्यक्ति तत्काल फिर्ता गर्न नेपाल पत्रकार महासङ्घले चेतावनी दिएको छ ।

महासङ्घले आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नगरे कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको हो ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस