‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । खेल दिउँसो २:३० बजेदेखि सुरु हुनेछ ।

चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर दोस्रो स्थानमा छ । मच्छिन्द्र ४ खेलमा ४ अङ्कका साथ १२औँ स्थानमा छ । यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच दिउँसो साढे २ बजे नै खेल हुनेछ । थ्री स्टार ४ खेलमा ७ अङ्कका साथ छैटौँ र समान खेलमा समान ७ अङ्क नै रहेको जावलाखेल चौथो स्थानमा छ ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस