गुण एयरलाइन्सले कर्मचारीको तलबसहित प्राधिकरणलाई साढे चार करोड तिर्न बाँकी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गुण एयरलाइन्सले कर्मचारीको तलबसहित प्राधिकरणलाई साढे चार करोड तिर्न बाँकी


२ चैत्र २०७९, बिहिबार


काठमाडौं । गुण एयरलाइन्सको वित्तीय ‘अडिट’ कमजोर देखिएको छ । पाँचवटा जेट स्ट्रिम विमान बेच्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीको वित्तीय अडिट सुरु गरेको थियो ।

प्राधिकरणको वित्तीय अडिटअनुसार गुण एयरलाइन्सले प्राधिकरणलाई चार करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै, कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिएको र बोर्डिङ पास छपाइको भुक्तानी बाँकी रहेको प्राधिकरणले गरेको अडिटमा देखिएको छ ।

यसअघि, प्राधिकरणले पाइलट र कर्मचारीलाई समयमा तलबभत्ता नदिएको भन्दै गुणको सबै उडान रद्द गरिदिएको  थियो । त्यसलगत्तै प्राधिकरणले गुणको वित्तीय अडिट सुरु गरेको थियो ।

गुण एयरलाइन्सले पोखरा, जनकपुर, विराटनगर, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेतलगायतका गन्तव्यमा उडान गर्दै आएको थियो । तर, पछिल्लो एक महिनादेखि सबै उडान ग्राउन्डेड गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस