यूएईद्वारा नेपालसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

यूएईद्वारा नेपालसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो। युएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे। उनले ४२ बलमा १०१ रन बनाए।

त्यस्तै भृत्य अरविन्दले ९४, मुहम्मद वासीमले ६३ र रोहन मुस्ताफाले २० रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

लिग–२ का सात टोलीमध्ये शीर्षस्थानमा रहेका स्कटल्यान्ड र ओमन विश्वकप क्वालिफायरमा छनोट भइसकेका छन्। तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अङ्क छ।

चौथो स्थानमा रहेको नेपालको ३८ अङ्क रहेको छ। आजको खेल जितेमा नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस