विश्वकप लिग-२ : नेपालले यूएईविरुद्ध बलिङ गर्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विश्वकप लिग-२ : नेपालले यूएईविरुद्ध बलिङ गर्ने


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

युएईले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्न लागेको हो । करण केसी बाहिर रहँदा गुलशन झाले टिममा स्थान बनाएका छन् ।

२०१९ बाट सुरु विश्वकप लिग-टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।

यहि त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रुपमा पराजित गरेको थियो । नेपाल आज पनि सोहि लय दोहोर्याउने लक्ष्यमा रहेको छ । नेपालले लिग-२ का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।

लिग(२अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग(२अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ ।

यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ । लिग-२ मा स्कटल्याण्ड शिर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् ।

नेपालका सन्दीप लामिछाने सबैभन्दा कम खेलमा विकेटको शतक पुरा गर्ने कीर्तिमानबाट २ विकेटले मात्र पछाडि छन् ।

आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहान्छ । यदी आजको खेलमा परजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस