‘गठबन्धन अबको ५ वर्षसम्म एक भएर अघि बढ्छ’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘गठबन्धन अबको ५ वर्षसम्म एक भएर अघि बढ्छ’


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसले मङ्गलवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू जनताको अपेक्षा पुरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकाङ्क्षा पूरा हुने बताए ।

अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या देखिएको भन्दै यी नकारात्मक संकेतहलाई राज्यले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए । बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको शर्माको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस