केपी ओलीले भने : बुद्ध जन्मेको देशका नागरिक मृत्युदण्डको पक्षमा जान हुँदैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओलीले भने : बुद्ध जन्मेको देशका नागरिक मृत्युदण्डको पक्षमा जान हुँदैन


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्ड दिने कानुनको पक्षमा जान नहुने बताएका छन्।

मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने बताएका हुन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने पनि उनले बताए ।

ओलीले भने, ‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यस कारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस