नेविसंघका ३ उपसभापतिसहित १४ जनाले दिए राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेविसंघका ३ उपसभापतिसहित १४ जनाले दिए राजीनामा


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई कार्यसमितिका ३ उपसभापतिसहित १४ जनाले राजीनामा दिएका छन् ।

स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरूको अनधिकृत रूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले राजीनामा गरेको हुन् ।

सचिव दिवाकर कर्ण, सहसचिव केशवप्रसाद सापकोटा, कोषाध्यक्ष कुसुम गुरुङ, सदस्यहरू शिव पोखरेल, सुनिल भट्टराई, अभिषेक अर्याल, तरुण घिमिरे, रुपेश घिमिरे, विवेक कँडेल, संस्कार थापा र नेशिल कोइरालाले राजीनामा दिएका हुन् ।

‘क्याम्पसका आधिकारिक इकाई पदाधिकारी र विद्यार्थीहरूमाथि हस्तक्षेप गर्ने यस किसिमका तुच्छ गतिविधिहरूको घोर विरोध गर्दै इकाई पदाधिकारीहरू सामूहिक राजीनामा घोषणा गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस