राष्ट्रपति भण्डारी आज शितलनिवास छाड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी आज शितलनिवास छाड्दै


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज शितल निवास छाड्दै छिन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज दिउँसो १ बजे शपथग्रहण सकिए लगत्तै राष्ट्रपतिको आसन पौडेललाई हस्तान्तरण गर्ने र त्यसपछि भण्डारीले शीतल निवास छाड्ने तयारी रहेको छ।

भण्डारीको निवासको मर्मत कार्य नसकिएकाले उनी छोरीको निवासमा सर्ने भएकी हुन् । उनको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित घर मर्मतको काम आज बिहान पनि जारी छ। व्यक्तिगत खर्चमा भण्डारीको घर मर्मत भइरहेको छ।

२०७२ को भूकम्पका कारण यो घरमा क्षति पुगेको थियो।

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी यही घरमा सर्ने तयारीसहित केही समयदेखि मर्मत कार्य अघि बढाइएको थियो। गत फागुन २० मै मर्मत सक्ने भनिए पनि त्यसअनुसार काम हुन नसक्दा भण्डारी आज यो घरमा सर्न नसक्ने देखिएको छ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते उनी निर्वाचित भएकी थिइन्।

उनको ५ वर्षे कार्यकाल आइतबार सकिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस