उपराष्ट्रपतिका उम्मेदवार यादवले पठाए सांसदहरुलाई सन्देश « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपराष्ट्रपतिका उम्मेदवार यादवले पठाए सांसदहरुलाई सन्देश


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूलाई मतदान गर्न सांसदहरुलाई सन्देश पठाएका छन् । 

जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवार बनेका यादवले संघीय र प्रदेश सभाका सांसदलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् । 

२०७९ चैत्र ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिएर विजयी गराउन यादवले  प्रदेश तथा संघीय सांसदलाई आग्रह गरेका छन् ।   

‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधीनताको रक्षा, शान्ति, स्थिरता र सुशासनसहित जनताको समुन्नति र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस