उपराष्ट्रपतिमा चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना उम्मेदवार « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपराष्ट्रपतिमा चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना उम्मेदवार


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ । उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो । 

उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमीला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । 

राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशङ्कित देखिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस