उपराष्ट्रपति उम्मेदवार रामसहायको उम्मेदवारी कायम रहने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपराष्ट्रपति उम्मेदवार रामसहायको उम्मेदवारी कायम रहने


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी विरुद्ध जाँचबुझपछि उम्मेदवारी कायम भएको जानकारी दिए ।

राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उम्मेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए । 

शाक्य एमाले र झा जनमतका उम्मेदवार हुन् ।  राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । मधेसी समुदायबाट यादवले उम्मेदवारी दिएका थिए ।  

उपराष्ट्रपतिमा जसपाकै प्रमीला यादवको पनि उमेदवारि परेको छ । उम्मेदवारी फिर्ताको समय दिएर आजै अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका  छ ।

Tags :
प्रतिक्रिया दिनुहोस