अहिलेको गठबन्धन महिला विरोधी : केपी ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अहिलेको गठबन्धन महिला विरोधी : केपी ओली


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन महिला विरोधी देखिएको बताएका छन् ।

शनिबार (आज) अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले कानुन छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम गठबन्धनले गरेको बताएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने विषयमा पनि गठबन्धनले जालझेल गर्न खोजेको उनले बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसैअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस