नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे बहराइन प्रस्थान « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे बहराइन प्रस्थान


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गरेका छन् । ११ देखि १५ मार्चसम्म मानामामा हुने महासभाका लागी नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे बहराइन प्रस्थान गरेका हुन् । 

सभामुख घिमिरेसँगै प्रतिनिधिसभाका सदस्यहरू रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार पनि सहभागी हुनेछन् । 

यसैगरी, राष्ट्रिय सभामा सदस्य ईन्दु कडरिया, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीयसचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे पनि बहराइन प्रस्थान गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस