राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङले बुझाए चुनावी खर्च  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङले बुझाए चुनावी खर्च 


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधि महेश बर्तौलामार्फत निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा १६ हजार ५०० खर्च भएको उल्लेख छ ।

खर्चको विवरणमा एक पटक एसएमएस गर्दा १० हजार खर्च भएको उल्लेख छ । त्यसैगरी मसलन्दमा ६ हजार ५०० खर्च भएको विवरणमा उल्लेख छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ अर्का उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए । 

पौडेल ३३ हजार २ मतभारसहित निर्वाचित हुँदा नेम्वाङले १५ हजार ५१ मतभार प्राप्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस