संसद्को यही सत्रबाट टीआरसी विधेयकलाई टुङ्ग्याउनुपर्छ : गगन थापा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संसद्को यही सत्रबाट टीआरसी विधेयकलाई टुङ्ग्याउनुपर्छ : गगन थापा


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले टीआरसी विधेयकलाई सर्वस्वीकार्य हुने गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन शान्ति सम्झौतामा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी केन्द्र र एमालेको सामूहिक जिम्मेवारी भएको भन्दै उनले यसबाट कोही पन्छिन नमिल्ने उनले बताए ।

थापाले भने, ‘शान्ति प्रक्रियामा उल्लेख गरेका अन्य थुप्रै विषय हामीले टुङ्ग्यायौँ । तर, संक्रमणकालीन न्यायको प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने विषयहरूको सन्दर्भमा भने हामी सबै यसमा चुकेकै हो । एक प्रकारको उदासीनता हामीले यसमा राख्यौँ । मलाई के लाग्छ भने यसमा सरकारले विधेयक प्रस्तुत गरेको छ । यो ठिक भएको छ । हामी सबैले सकारात्मक भएर यो विधेयकलाई चाँडोभन्दा चाँडो यसको सर्वस्वीकार्य हुने गरी यही सत्रबाट टुङ्ग्यायौँ भने बेलाबेलामा आउन खोज्ने अप्ठ्याराहरू आफैँ बन्द हुन्छ ।’

यो पटक सबैलाई दबाब महसुस भएको भन्दै उनले यही संसद्को सत्रबाट यो विधेयकलाई टुङ्ग्याउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस