‘प्रचण्डजी ले राष्ट्रपतिमा मेरो नाम प्रस्ताव गर्नुभाथ्यो, मैले पौडेललाई समर्थन गरेको हुँ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रचण्डजी ले राष्ट्रपतिमा मेरो नाम प्रस्ताव गर्नुभाथ्यो, मैले पौडेललाई समर्थन गरेको हुँ’


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रस्ताव गरेको तर आफूले उक्त प्रस्तावलाई अस्वीकार गरेर रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन्।

बिहीबार भइरहेको राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न बानेश्वर स्थित मतदान केन्द्र पुगेका नेपालले उक्त कुरा बताएका हुन्।

‘प्रचण्डजी ले मेरो नाम प्रस्तावित गर्नु भएकै हो, सबै पार्टीका सामुमा। तर, मैले अघि सरेरै भनेको हुँ कि अहिलेको परिस्थितिलाई आकलन गरेर नेपाली काँग्रेसलाई नै दिउँ’, नेपालले भने।

यस्तै, नेपालले राष्ट्रपति निर्वाचनमा आफूहरूले तय गरेको उम्मेदवारलाई मत ट्रान्सफर हुनेमा आफू ढुक्क रहेको बताए। राष्ट्रपति निर्वाचनमा सङ्घ र प्रदेशका सांसद मतदाता रहने छन्। यसमा पार्टीको ह्विप लाग्दैन।

Tags :
प्रतिक्रिया दिनुहोस