प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिट न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।

गोला प्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ।

प्रचण्डले द्वन्द्वकालीन हत्यामा ५ हजारको जिम्मा आफूले लिन्छु भनी दिएको अभिव्यक्तिलाई लिएर पीडितहरूले रिट दायर गरेका हुन्।

अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। प्रशासनले दरपिठ गरेपछि निवेदकहरू इजलासमा पुगेका थिए।

गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ता गर्न आदेश गरेको थियो। उक्त आदेशपछि मङ्गलवार रिट दर्ता भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस