‘ए’ डिभिजन लिग : आज दुई वटा खेल हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘ए’ डिभिजन लिग : आज दुई वटा खेल हुँदै


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

च्यासल मैदानमा दिउँसो साढे दुई बजे त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब तथा एन्फा मैदान सातदोबाटोमा दिउँसो साढे दुई नै न्युरोड टिम (एनआरटी) र जावलाखेल युथक्लब खेल्दैछन् ।

‘ए’ डिभिजन लिगमा अस्तिदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस