मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्ने महानगरको तयारी  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्ने महानगरको तयारी 


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्ने तयारी गरेको छ।

महानगरले सडक किनार तथा साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भएको भन्दै कारबाही गर्ने तयारी गरेको हो । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार त्यस्ता पम्प सुरक्षा दृष्टिले जोखिमयुक्त भएकाले कारबाही गर्न लागिएको हो । 

झन्डै ६ वर्षअघि महानगरले गरेको सर्वेक्षण अनुसार काठमाडौँमा १ सय २३ वटा पम्प रहेकोमा तीमध्ये ६७ वटा महानगरभित्र थिए।

अधिकृत अधिकारीले यसबारे तीन-चार वर्षअघि महानगरसँग छलफल भए पनि अहिले कुनै पत्राचार नभएको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस