शान्ति सम्झौता टुङ्गोमा पुर्‍याउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै वाइसिएल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शान्ति सम्झौता टुङ्गोमा पुर्‍याउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै वाइसिएल


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल नेपालले शान्ति सम्झौतालाई छिटो टुङ्गोमा पुर्‍याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

वाइसिएलको निर्णय अनुसार शान्ति सम्झौतालाई छिटो टुङ्गोमा पुर्‍याउन माग गर्दै मङ्गलवार प्रधानमन्त्री प्रचण्ड, सातै प्रदेशका मुख्यमन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । 

१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताको कार्यान्वयन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माग राख्दै ज्ञापनपत्र बुझाउन लागिएको वाइसिएलका अध्यक्ष सुबोध सिरपालिले बताए । 

उनका अनुसार केन्द्रीय कमिटीले प्रधानमन्त्री प्रचण्ड, प्रदेश कमिटीले मुख्यमन्त्री र जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने छ । 

यस्तै वाइसिएलले शान्ति प्रक्रिया तत्काल टुङ्गो लगाउन दबाब दिन ७७ जिल्लामा कोणसभा पनि गर्ने भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस