राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेका छौँ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेका छौँ : राजेन्द्र लिङ्देन


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गर्ने बताएका छन् । 

सोमबार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो । 

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको यसबारेमा निर्णय गर्ने स्पष्ट पारे । उनले राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेको उल्लेख गरे । 

“हाम्रो पार्टीले राष्ट्रपतिको निर्वाचनलाई सतर्कतापूर्वक हेरिरहेको छ । हाम्रो पार्टीको गणित, दुईपक्षीय उम्मेदवारी र आम जनधारणा, हाम्रो शुभेच्छुकहरूको धारणालाई शतर्कताका साथ हेरिरहेका छौँ,” उनले भने, “हामी यसैलाई मत दिन्छौँ भनिहाल्ने अवस्थामा पुगेका छैनौँ ।”

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । निर्वाचन नजिकिएसँगै उमेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरूसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस