‘राष्ट्रपतिमा भण्डारीको भूमिका अत्यन्त निष्पक्ष र ओजनदार’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘राष्ट्रपतिमा भण्डारीको भूमिका अत्यन्त निष्पक्ष र ओजनदार’


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रूपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका निर्वाह गरेको बताएका छन् । 

एमालेले राष्ट्रपति निर्वाचनका लागि संघीय तथा प्रदेशका सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सोमबार उक्त कुरा बताएका हुन् । ‘अहिलेसम्मको अनुभवमा देखेका छौँ । सम्माननीय विद्यादेवी भण्डारीजीले राष्ट्रपतिको अत्यन्त ओजनदार, निष्पक्ष, महत्त्वपूर्ण अभिभावकीय भूमिकाको राष्ट्रपतिको हैसियतमा निष्पक्ष ढङ्गले काम गर्नुभएको छ,’ उनले भने ।

राष्ट्रपति भण्डारीको आलोचना स्वार्थअनुसार काम नभएपछि हुने गरेको ओलीको आरोप थियो । उनले भने, ‘आफ्नो स्वार्थअनुसार नहुने बित्तिकै बुरुक्क उफ्रिने, कराउने, वक्तव्यवाजी गर्ने, खण्डन गर्ने मण्डन गर्ने ’

राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट मागिरहेको एमालेले आफ्ना संघीय र प्रदेश सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । जसमा ओलीले वर्तमान राष्ट्रपति भण्डारीले निष्पक्ष र ओजनदार काम गरेको भन्दै प्रशंसा गरेका हुन् । राष्ट्रपति भण्डारीको दुई पटक संसद् विघटन गरेको, संसद्बाट पारित विधेयक रोकेको लगायतका कामका लागि आलोचना हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस