रेलिङ नभएको छत र सडकमा होली नखेल्न प्रहरीको अनुरोध  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रेलिङ नभएको छत र सडकमा होली नखेल्न प्रहरीको अनुरोध 


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले रेलिङ नभएका छत र सडकमा होली नखेल्न अनुरोध गरेको छ । विगतका वर्षहरूमा रेलिङ भएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो ।

‘सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेलौँ । होली पर्वका नाममा उच्छृङ्खल क्रियाकलाप नगरौँ । अपरिचित मानिसहरूको समूहमा होली नखेलौँ,” परिसरले भनेको छ ।

कसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउन पनि प्रहरीले अनुरोध गरेको छ

Tags :
प्रतिक्रिया दिनुहोस