प्रधानमन्त्रीद्वारा अर्थ सचिवलगायत गभर्नर र निजी क्षेत्रसँग छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीद्वारा अर्थ सचिवलगायत गभर्नर र निजी क्षेत्रसँग छलफल


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन्।

आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा प्रधानमन्त्री दाहालले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिवलगायत निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन्।

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन्। बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले ऋणीहरूलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरूले राख्दै आएका छन्।

यता बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न सक्दैनौँ, मिनाहा गर्नुपर्छ भन्दै एउटा समूह सडक आन्दोलनमा छ। बैङ्कहरूले ब्याजदर बढी लिएको भन्दै व्यापारीसमेत सडक आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री दाहालले यिनै विषयमा सरोकारवालासँग छलफल गरेका हुन्।

छलफलमा मुख्यसचिव शंकरदास वैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष प्रकाशराज शर्मालगायत सहभागी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस