पाँच वर्षका लागि गरेको सहमतिबाट काँग्रेस पछि हट्दैन : गगन थापा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाँच वर्षका लागि गरेको सहमतिबाट काँग्रेस पछि हट्दैन : गगन थापा


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस आठदलीय गठबन्धनमा भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा शुक्रबार काठमाडौँमा संयुक्त गठबन्धन दलहरूले आयोजना गरेको अभिमुखीकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट काँग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट पारे । 

‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट काँग्रेस पछि हट्दैन । गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने । काँग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभास दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई काम नगर्ने छुट नभएको बताए । 

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउन रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको दाबी गरे । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस