उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले शुक्रबार जनता समाजवादी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरूलाई भेटेर भोट माग्ने भएका छन् ।

बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाका नेताहरूसँग भेटवार्ता गरेर मत मागेका उनीहरूले शुक्रबार जसपा र लोसपालाई भेटेर भोट माग्ने भएका हुन् ।

‘मत माग्ने क्रम जारी छ । आज शुक्रबार जसपा र लोसपाका नेताहरूलाई भेट्ने कार्यक्रम छ’, एमाले सचिव समेत रहेका नेता योगेश भट्टराईले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता सकारात्मक ढङ्गले भएकाले हामी उत्साहित छौँ ।’ जसपा र लोसपा आठ दलीय गठबन्धनमा रहेका छन् । उनीहरूको मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पर्ने निश्चित जस्तै रहेपनि एमालेले मत भने मागिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस