राष्ट्रपतिमा सबैको भरोसा म माथि छ : रामचन्द्र पौडेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिमा सबैको भरोसा म माथि छ : रामचन्द्र पौडेल


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रूपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन्।

बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताएका हुन्।

उनले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि बताए। वरिष्ठ नेता पौडेलले सांसदहरूले आफूले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गरे।

उनले भने, ‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ। मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरूलाई विश्वास दिलाउने काम गरिराखेको छु। सबै अत्यन्त सकारात्मक हुनुहुन्छ। तपाई पुरानो मान्छे भनेर माया गर्छन्। सबै साथीहरूले माया गर्नुहुन्छ। तपाईँमाथि भरोसा छ, तपाईँले अवश्यपनि संविधानको संरक्षण गर्नुहोला भन्छन्।’

Tags :
प्रतिक्रिया दिनुहोस