रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गर्‍यौँ : देउवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गर्‍यौँ : देउवा


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा रामचन्द्र पौडेललाई अगाडि सारेको बताएका छन् । बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा देउवाले पौडेललाई केही दिएन भन्ने गुनासो सुनिने गरेको बताए।

‘तपाईँहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पुरानो साथी हो ,’ उनले भने, ‘त्यस कारण अहिले उहाँलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौँ ।’

पौडेल पार्टीको सिनियर साथी भएको भन्दै  प्रजातन्त्रको स्थायित्वका लागि ठूलो सङ्घर्ष गरेको देउवाले बताए ।  यस्तै देउवाले राष्ट्रपतिमा पौडेललाई निर्वाचित गर्दा विगत्‌मा जस्तो संविधान च्यात्ने जोखिम नहुने पनि बताए । देउवाले भने, ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव सँगाल्यौँ । तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन ।’

राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको बताए । सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस