अस्थिरता चाहने एमाले मात्र हो : शशाङ्क कोइराला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अस्थिरता चाहने एमाले मात्र हो : शशाङ्क कोइराला


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेसको ध्यान गठबन्धनमा विश्वास कायम गर्नेमा केन्द्रित रहेको भन्दै बीचमा सरकार तलमाथि नहुने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले आफूहरूले स्थिर सरकार चाहेको बताएका हुन् ।

उनले भने, “गठबन्धनमा विश्वास नचुँडियोस् भन्नेमा हाम्रो ध्यानकेन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई राष्ट्रिय सहमति नभनौँ, दलीय सहमति भनौँ,” उनले भने, “हामी स्थिर सरकार चाहन्छौँ । अस्थिर सरकार भयो भने केही पनि हुँदैन । स्थिरताको हाम्रो प्रयास हो । अस्थिरता चाहने एमाले मात्र हो ।”

Tags :
प्रतिक्रिया दिनुहोस