दुई वर्ष प्रचण्ड, त्यसपछि माधव प्रधानमन्त्री हुन्छन् : शशाङ्क कोइराला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दुई वर्ष प्रचण्ड, त्यसपछि माधव प्रधानमन्त्री हुन्छन् : शशाङ्क कोइराला


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् । त्यसपछि एक वर्ष नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने आठ दलबीच समझदारी भएको उनले बताए ।

बिहीबार काठमाडौँमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने उल्लेख गरे ।

“दुई वर्षमा प्रधानमन्त्री फेरिन्छन् । एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ,” शशाङ्कले भने, “चुनाव हुने बेलामा देउवा प्रम हुन्छन् ।”

उनले काँग्रेसको ध्यान गठबन्धनमा विश्वास कायम गर्नेमा केन्द्रित रहेको भन्दै बीचमा सरकार तलमाथि नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस