बिथोलिएको राजनीति सही ट्रयाकमा आयो : प्रकाशमान सिंह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिथोलिएको राजनीति सही ट्रयाकमा आयो : प्रकाशमान सिंह


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्र्याकमा आएको बताएका छन्।

बिहीबार सिरहा जाने क्रममा धनुषा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन्।

नेता सिंहले निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाएको बताउँदै केही समय असहजतातर्फ अघि बढेको राजनीति अहिले जनमत अनुरूपको अवस्थामा आइपुगेको टिप्पणी गरे। उनले अब ८ दलीय गठबन्धनको समझदारी अनुरूप मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरे।

राष्ट्रपतिमा काँग्रेस नेता रामचन्द्र पौडेको जित सुनिश्चित रहेको बताउँदै नेता सिंहले त्यसबारे कुनै दुबिधा नराख्न आग्रह गरे। उनले सरकार ८ दलबीचको समझदारीअनुसार अगाडि बढ्ने दाबी गरे।

अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा रहेकाले धरासायी बनेको परिस्थितलाई समालेर जानुपर्ने चुनौती रहेको बताए। उनले सरकारको पहिलो काम नागरिकमा आशा जगाउनु रहेको बताए।

हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुक अगाडि बढाउनु पर्ने दायित्व समेत राजनीति दलसामु रहेको सिंहको भनाइ छ।

विगतमा जे जति गल्ती कमजोरी भए पनि अब यो गठबन्धन भित्र कुनै असमझदारी नरहेकाले राजनीति कोर्स सहज रूपमा अगाडि बढेको सिंहले दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस