युएईविरुद्धको खेलमा मौसम ढकालको ठाउँमा खेल्नेछन् सन्दीप « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

युएईविरुद्धको खेलमा मौसम ढकालको ठाउँमा खेल्नेछन् सन्दीप


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ (आइसिसी)को अनुमतिपछि क्रिकेट खेल्न दुबई पुगेका सन्दीप लामिछानेले आज (बिहीबार) संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्धको खेल खेल्ने भएका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले उनलाई स्पिनर मौसम ढकालको स्थानमा खेलाउन लागेको हो। प्रशिक्षणका क्रममा घाइते भएपछि ढकाल रेस्टमा छन्। यद्यपि सन्दीपलाई टिममा राख्ने वा नराख्ने भन्नेबारे अन्तिम निर्णय भने मुख्य प्रशिक्षक मोन्टी देशाइले गर्नेछन्।

आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत नेपालले बिहीबार युएईको समना गर्दै छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११स्४५ बजेदेखि सुरु हुनेछ। सर्वोच्च अदालतले सोमबार सन्दीपले विदेश जान पाउने आदेश जारी गरेको थियो।

नाबालिक बलात्कारको अभियोग लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएको थियो। आफूलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।

पाटन उच्च अदालतले उनलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस