राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न लोसपा नेताहरू देउवा निवासमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न लोसपा नेताहरू देउवा निवासमा


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भइरहेको छ ।

काठमाडौँको धुम्बाराहीस्थित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रूपमा प्रस्ताव गरेको छ ।

ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै काँग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा नेता केशवकुमार झाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै छ ।

निर्वाचनको मिति नजिकिँदै गएकाले दलहरू राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने प्रयासमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस