प्रधानमन्त्रीसँग अर्थमन्त्री पौडेल र रवि लामिछानेको भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीसँग अर्थमन्त्री पौडेल र रवि लामिछानेको भेट


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज (सोमबार) बिहान छुट्टाछुट्टै समयमा उनीहरूले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

आइतबार बेलुकी मात्रै नेपाली काँग्रेसका सभापतिसहित पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए । सभापति लामिछानेले राष्ट्रपतिको चुनावको विषयमा अपडेट लिन आज बिहानै प्रधानमन्त्रीसँग भेट गरेको रास्वपाका एक नेताले बताए । उनले पार्टीको सभापति र गठबन्धनको एक घटक भएको नाताले राष्ट्रपति निर्वाचनको विषयमा चासो लिनु स्वभाविक भएको बताएका छन् ।

त्यस लगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतले बताएको छ । छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन । माओवादीको आजै पदाधिकारी बैठक बस्दै छ । अपराह्न बस्ने बैठकमा काँग्रेसबाट आएको प्रस्तावबारे प्रचण्डले छलफल गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस