शेखर कोइरालाको प्रश्न-डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

शेखर कोइरालाको प्रश्न-डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ?


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन् । 

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए । 

‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’ उनले भनेका छन्, ‘वर्षेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’

Tags :
प्रतिक्रिया दिनुहोस