यातायात व्यवस्था ऐनको संशोधन गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यातायात व्यवस्था ऐनको संशोधन गर्न माग


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐन संशोधन गर्न माग गरेका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो माग गरेका हुन्। उनले रोड सेप्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामको नियमन गर्न जरुरी रहेको बताए।

उन रोड सेप्टी एक्सन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको बताए। सांसद भट्टराईले रोड सेप्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेल्मेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए।

उनले सहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा भने पनि त्यसअनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताए।

दुईपाङ्ग्रे सवारीसाधनमा मृत्यु हुनेको मुख्य कारण हेल्मेटको गुणस्तर भएको उनले चर्चा गरे।

सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे।

Tags :
प्रतिक्रिया दिनुहोस