संसद्को आफ्नै टिभी चलाउनु पर्छ : प्रदीप यादव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद्को आफ्नै टिभी चलाउनु पर्छ : प्रदीप यादव


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्को आफ्नै टिभी चलाउन सुझाव दिएका छन् । मङ्गलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा सांसद यादवले नेपालको संसद्को आफ्नै टिभी सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

संसद्को शून्य समय र विषय समयमा सांसदहरूले बोलेका कुरा जनतासमक्ष प्रभावकारी ढङ्गले जान नसकेको भन्दै उनले नियमावलीमा संसद्को टिभी सञ्चालनको व्यवस्था गर्ने नियम राख्न आग्रह गरे ।

उनले भने,‘भारतमा पनि विधान सभा र लोकसभाको आफ्नै टिभी छ । हाम्रो संसद्मा बोलेको कुरा दुई चार जनाको मात्र समाचारमा जान्छ । हाम्रो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको टिभीको व्यवस्था गर्नुपर्‍यो । ठुला नेताले बोलेको कुरा मात्र समाचारमा जान्छ । सबैको कुरा जनतासमक्ष पुर्‍याउन आफ्नै टिभीको आवश्यक छ ।’

यस्तै उनले संसद्को पोसाक सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था नगर्न आग्रह गरे । बरु मर्यादित पोसाक भन्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस